रामजी र पंकजलाई एमबिबिएस परीक्षामा सामेल गराउन माग

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २८ गते १३:२९

क्रान्तिकारी माओवादीनिकट भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले दलित कोटामा पढ्दै गरेका रामजी राम र पंकज रामलाई एमबिबिएस परीक्षामा सामेल गराउन माग गरेको छ।

एक विज्ञप्ति जारी गर्दै युनियनले उनीहरूलाई परीक्षामा सहभागी गराउन माग गरेको छ। विज्ञप्तिमा परीक्षा हलबाट निकालिएकोप्रति आपत्ति जनाइएको छ।

यही पुष २७ गतेदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षामा सहभागी दुई दलित विद्यार्थी रामजी राम र पंकज रामलाई विरगञ्जस्थित नेसनल मेडिकल कलेजको परीक्षा हलबाट निकालको थियो। विज्ञप्तिमा कलेजको उक्त कदमको घोर निन्दा एवं भर्त्सना गरिएको छ।

‘अविलम्ब उहाँहरूलाई परीक्षामा सामेल गराउन नेपाल सरकार, सम्बन्धित निकाय र कलेज प्रशासनसमक्ष हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ। उनीहरूलाई परीक्षामा सामेल नगराए संघर्षमा उत्रिने युनियनको चेतावनी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय