क्यान्सर अस्पताल सञ्चालन भएको ४ वर्षपछि पहिलोपल्ट स्तन क्यान्सरको सर्जरी

बाँकेको खजुरामा शुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्तन क्यान्सरको पहिलो पटक सर्जरी गरेको छ। अस्पताल सञ्चालन भएको ४ वर्षपछि क्यान्सर अस्पतालले पहिलो पल्ट स्तन क्यान्सरको सर्जरी गरेको हो।

स्तन क्यान्सर भए पनि आर्थिक समस्याका कारण उपचार गराउन नसकेकी कालिकोटकी ६८ वर्षीया लक्ष्मी शाहीको सर्जरी गरेर उपचार गरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्ण आचार्यले बताए।

अस्पतालका कार्यकारी निर्देशक एब कन्सल्टेन्ट एनेस्थेसोलिष्ट डाक्टर कृष्ण आचार्य, कन्सल्टेन्ट सर्जन डाक्टर प्रबिन गुप्ता र नर्सिङ अधिकृत रन्जिता ढुंगानासहितको टिमले स्तन क्यान्सर भएकी ती महिलाको करिब १ घण्टा लगाएर सर्जरी गरेको हो। निजी अस्पतालले स्तन क्यान्सरको लागि करिब ५० लाख शुल्क लाग्ने बताएपछि शाही उपचारका लागि क्यान्सर अस्पताल खजुरामा पुगेकी थिएन्। क्यान्सर अस्पतालले १० हजार मात्र शुल्क लिएर स्तन क्यान्सरको सर्जरी गरेको हो।

क्यान्सरका शंकास्पद बिरामीहरूको बायस्पी चेक जाँचका लागि चितवनको भरतपुर या भक्तपुर क्यान्सर अस्पतालमा पठाउनु पर्ने अवस्था कायमै रहेको छ। क्यान्सर अस्पतालमा करिब ७० करोड लगानी भई सकेको छ। अस्पताल प्रदेश नम्बर ५, कर्णाली र सुदूर पश्चिमका करिब १ करोडभन्दा बढी जनतालाई क्यान्सर रोग सम्बन्धी उपचार सेवा दिने उद्देश्यले स्थापना गरिएको हो।

स्वास्थ्य मन्त्रालयले क्यान्सर अस्पताललाई सञ्चालन गर्नका लागि १९ जना बिशेषज्ञ चिकित्सक र ८ जना मेडिकल अधिकृतसहित २७ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ। हाल अस्पतालमा कार्यकारी निर्देशकसहित ११ जना बिशेषज्ञ र ५ जना एमबिबिएस तहका चिकित्सक कार्यरत रहेका छन्। चिकित्सकहरूको दरबन्दी पुर्ति हुँदै गएपछि अस्पतालले उपचार सेवालाई बिस्तार गर्दै गएको छ।

अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरूलाई औषधीमार्फत दिइने किमो सेवा प्रदान गदै आएको छ। अस्पतालले पछिल्ला दिनहरूमा दैनिक ८ देखि १० जना सम्मलाई किमो सेवा प्रदान गर्दै आएको जनाएको छ। किमो सेवा सुरु भए पछि क्यान्सरका बिरामीहरू लाभान्बित भइरहेका छन्। २०५६ सालदेखि निर्माण शुरु भएको क्यान्सर अस्पतालमा अप्रेशन थेटर र १० वेडको आइसियु वार्डसहित करिब सम्म एक सय बेड तयारी अबस्थामा छन्।

अस्पतालले बिरामीहरूमा क्यान्सर भए नभएको एकिन गर्नका लागि गरिने हिस्टो प्याथोलोजी एक्जाम्नेशन अर्थात बायस्पी चेक जाच सेवा भने अझै सम्म सुरु गर्न सकेको छैन। क्यान्सर अस्पताल राम्रोसँग सञ्चालन हुन सके प्रदेश नम्बर ५ सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीहरूहरूले सहज रुपमा उपचारका सेवा पाउने अबस्था सृर्जना हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय