कोरोना खोप कार्यक्रममा ५२ हजार महिला स्वयंसेविका परिचालन गर्ने मन्त्रालयको तयारी

कोरोना खोपको कार्यक्रममा ५२ हजार महिला स्वयंसविकालाई परिचालन स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ।

नेपालमा खोप आएको सात दिनभित्र खोप कार्यक्रम सञ्चालन गर्नमा तयारी भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले बताए।

‘हामीसँग भएका १६ हजार खोपकेन्द्र सञ्चालन परिचालन गर्ने छौ। खोप अभियान खट्नको लागि ५ हजार कर्मचारी छन्,’ मन्त्री त्रिपाटीले भने, ‘ त्यसका साथ—साथै ५२ हजार महिला स्वयंसेविका परिचालन गर्ने हामीसँग क्षमता छ।’

उनले खोप भण्डार गर्नेको लागि स्रोत—साधन पुग्दो अवस्थामा रहेको बताए।

‘खोप आयात गर्नको लागि विभिन्न देशमा कुटनीति नोट पठाइसेको र राजनैतिक पहलकदमी अगाडी बढेको छ। खोप ढुवानीको गर्नेको लागि सरकारले तयारी पुरा—पुर भएको छ,’ उनले भने।

सरकार प्राथमिकता साथ पारदर्शि ढंगले सरकार–सरकार बीचको प्रक्रियालाई अगाडी बढाउने त्रिपाटीले प्रतिवद्धता व्यक्त गरे।

‘नागरिकले निशुल्क पाउने गरी खोप पाउनेछन्। खोप प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ,’ उनले भने।

उनले खोप शुरुमा स्वास्थ्यकर्मी फ्रन्टलाइनर, दीर्घरोगी लगायतलाई प्राथमिकतामा राखेर लगाइने समेत जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय