पिजीको स्नातकोत्तर तहको शुल्क तोकियो

चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर (पिजी) तहको विभिन्न विषयको अध्ययन सुल्क तोकेको छ।

आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि अधिकतम शुल्क निर्धारण गरेको हो। सोमबार आयोगले सूचना जारि गर्दै सुल्क निर्धारण गरिएको जनाएको हो।

पिजीको विषय अनुसार २ लाख ९३ हजार देखि २२ लाख ९९ हजारसम्म आयोगले सुल्क तोकेको छ।

आयोगका अनुसार छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले यही सुल्क अनुसार विद्यार्थीसँग सुल्क लिनु पर्ने हुन्छ।

कुन विषयको सुल्क कति?

जसमा एमडी/एमएस क्लिनिकलतर्फका विषयका लागि २२ लाख ९९ हजार सुल्क तोकिएको छ।

यस्तै, एमडी/एमएस बेसिक साइन्स नन क्लिनिकल विषयका लागि १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ अधिकतम सुल्क निर्धारण गरिएको छ।

एमडीएस क्लिनिकल विषयको २२ लाख ९९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने एमडिएस नननिक्लनिक विषयको १० लाख ४० हजार १ सय ३५ रुपैयाँ तोकिएको छ।

एमडी आयुर्वेदका लागि ९ लाख २४ हजार ३ सय ६५ रुपैयाँ, एमएन/एमएस्सी नर्सिङको ८ लाख ८८ हजार २ सय ५० रुपैयाँ, एमपीएचको ८ लाख ८८ हजार २ सय २५ रुपैयाँ, एमफार्माको ५ लाख १ हजार ६ सय रुपैयाँ अधिकतम सुल्क निर्धारण गरिएको छ ।

यस्तै आयोगले एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल बायोलोजीरबायो केमेष्ट्री र एमएस्सी बेसिक साइन्सको ७ लाख ३१ हजार ५ सय रुपैयाँ अधिकतम शुल्क तोकेको छ। एमफिल क्लिनिकल साइकोलोजीको सुल्क भने २ लाख ९३ हजार ६ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय