एकजना डाक्टर सचिवको पदपूर्ति चाँडै गरिन्छ : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको एकजना सचिवको पदपूर्ति चाँडै गरिने बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजना पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले उक्त कुरा बताएका हुन्।

उनले मन्त्रालयमा रिक्त रहेको स्वास्थ्य सचिवको पदमा नियुक्त गर्न सरकार सकारात्मक रहेकाले चाँडै पदपूर्ति हुने बताएका हुन्।

मन्त्रालयमा दुई जना सचिवको पद रहेकोमा हाल प्रशासन सेवाको सचिवमा लक्ष्मण अर्याल छन् भने प्राविधिक सेवाका स्वास्थ्य सचिवको पद रिक्त छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय