कोरोना खोप खरिदमा निजी क्षेत्रले पनि ल्याउन पाउने : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई पनि सामेल गराइने बताएका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्।

‘हामी छिमेकीभन्दा खोपमा धेरै पछाडि हुने अवस्था छैन। आन्तरिक तयारी धेरै अगाडि बढिसकेको छ’, उनले भने, ‘निजी क्षेत्रलाई पनि खोप खरिद प्रक्रियामा सामिल गर्ने योजना बनाएका छौं। तर, प्राथमिकताका साथ सरकार-सरकार बिचको खरिद प्रक्रियालाई पहिले अगाडि बढाउँछौं।’

उनले खोप आइसकेपछि पहिलो चरणमा ३ प्रतिशत अग्रपंतिमा खटिएका फ्रन्टलाइनरहरूलाई दोस्रो चरणमा ५५ वर्ष माथिका र दीर्घ रोगीलाई लागि प्राथमिकतामा राखेर खोप दिइने बताए।

उनले पारदर्शि ढंगबाट खरिद प्रक्रिया अगाडि बढ्ने र सबैलाई निशुल्क रूपमा लगाइने बताए। न्यायपूर्ण ढंगले सबैलाई खोप दिइने मन्त्री त्रिपाठीले बताए।

उनले खोप आइसकेपछि १६ हजार खोप केन्द्रबाट ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयमसेविकालाई खटाएर खोप अभियानको रूपमा चलाइने उनले बताए।

उनले संक्रमण घटे पनि जोखिम नघटेकाले स्वास्थ्य मापदण्ड पालना गरिराख्न आग्रह गरेका छन्। अहिलेको प्राथमिक कार्यभार जीवन जोगाउने र जीवन चलाउने रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय