कोरोना खोप सरकारको पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री ह्दयेश त्रिपाठीले खोपको व्यवस्थापन सरकारको पहिलो प्राथमिकता रहने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोरोना खोपको व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

उनले त्योसँगै दक्षिण एसियामा महत्वपूर्ण कार्यक्रम मानिएको पाँच दश र १५ शैय्याको अस्पताल निर्माण र कर्मचारी समायोजनमा देखिएका जटिलतालाई समाधान गर्ने पनि प्राथमिकता भएको सुनाए ।

उनले कोरोना खोपको विषयमा नीतिगत कानुनी लगायत अन्य समस्या सधान गरिसकेका भन्दै केही बाँकी विषय छिट्टै समाधान हुने बताए ।

मन्त्री त्रिपाठीले सरकार खोपको विषयमा गैरजिम्मेवार भन्ने विषयमा उठेको सवाल समाधानका लागि पत्रकार सम्मेलन गर्न लागेको समेत बताए ।

‘खोपको प्राप्ति अन्य विषयको प्राप्ति जस्तो होइन। यो स्वास्थ्य सामग्री भए पनि राजनीतिक सामग्री हुन पुग्यो।’ उनले भने, ‘सीमित देशमा खोप बनेकोले प्राप्तिमा ढिला भयो।’ उनले भने ।

उनले कोरोना नियन्त्र रोकथाम र उपचार मध्ये उपचारलाई प्राथमिकताका साथ काम अगाडि बढाउने समेत स्पष्ट पारे ।

त्यसका लागि क्रिटिकल केयर म्यानेजमेन्टको अस्पतालको बेडको सुधार गर्ने काममा लागिरहेको समेत मन्त्री त्रिपाठीले दावी गरे ।

खोपको पूर्व तयारीको लागि सरकारले एक करोड ७७ लाख खोपको डोज भण्डारण गर्नसक्ने क्षेमता रहेको भन्दै यसमा दुईदेखि ८ डिग्री तापक्रममा भण्डारण सकिने समेत स्पष्ट पारे ।

उनले खोप भण्डारण भइसकेपछि सात दिनभित्र दिनसक्ने क्षमता रहेको समेत दावी गरे ।

उनले २० डिग्रीमा राख्ने खोप प्राप्त गर्दा त्यो ३ प्रतिशत अर्थात ९ लाख ११ हजार जनसंख्यालाई दिन सकिने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय