पिजी प्रवेश परीक्षा : दुर्गम कार्यअनुभवको कागजात छानबिन गर्न माग

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी)को परीक्षा दिएका चिकित्सकहरूले दुर्गम कार्यअनुभवको अंकभारका लागि पेश गरिएका कतिपय कागजात फर्जी हुनसक्ने शंका गर्दै छानबिनको माग गरेका छन्।

चिकित्सकहरूले आज चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, सदस्य सचिव र परीक्षा समितिका निर्देशकलाई छानबिनका लागि निवेदन दर्ता गराउँदै उक्त माग गरेका हुन्। आयोगले आफूहरूका माग सुनुवाई हुने जनाएको उनीहरूले बताएका छन्।

पीडित चिकित्सकहरूले आयोगले आफूहरूको मागको सुनुवाई नगरे कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय