बल्खुस्थित जागरण टोलमा २ हजारलाई न्यानो कपडा दान

विभिन्न मेडिकल कलेजको सहयोगमा बल्खुस्थित जागरण टोलमा ५ सय घर धुरिलाई न्यानो कपडा प्रदान गरिएको छ।

शनिबार २ हजार जना लाभान्वित हुनेगरी न्यानो कपडा सहयोग गरिएको हो। रास्ट्रव्यापी कपडा दान कार्यक्रमअन्तर्गत ‘न्यानो बाडौं, खुसी बाडौं’ भन्ने नाराका साथ कपडा बाडिएको कार्यक्रमका संयोजक कृष्ण बहादुर चन्द सोडारीले बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तेस्रो वर्षमा अध्यानरत विद्यार्थी तथा स्टुडेन्ट नेटवर्क अर्गनाइजेसन नेपाल सेक्रेटरीसमेत रहेका सोडारीले कार्यक्रमलाई आगामी दिनमा देशका अन्य दुर्गम ठाउँमा लगिने बताए।

१५ उमेर सम्मका, १५ देखि ५० र ५० भन्दा माथि गरी महिला र पुरुषलाई कपडा वितरण गरिएको उनले जानकारी दिए।

अभियानमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, जोरपाटीलगायत आवद्ध छन्।

यस्तै लुम्बिनी मेडिकल कलेज, नेसनल मेडिकल कलेज, देवदह मेडिकल कलेज, जानकी मेडिकल कलेज, काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेजलगायत आवद्ध रहेका छन्। यस्तै अभियानमा देशभरका डेढ दर्जन क्लबहरू आवद्ध रहेका छन्।

कार्यक्रमलाई विभिन्न मेडिकल कलेज र संस्थाको सहयोगमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्यानरत विद्यार्थीहरू कृष्ण बहादुर चन्द सोडारी र अधिराज आचार्य तथा नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोश्रो वर्षमा अध्यानरत विद्यार्थीहरू पूजा रोकाया र समिक्षा अधिकारीले संयोजन गरेका हुन्। चिसोका कारण समस्यामा परेकाहरूलाई कपडा प्रदान गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय