प्रधानमन्त्रीले राष्ट्रियसभा रोस्ट्रममै थुकेको भिडियो भाइरल

आइतबार मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभालाई सम्बोधन गर्दै थिए। सम्बोधनकै क्रममा ओलीले रोस्ट्रमको भुइँतिर फर्किएर थुके।

ओलीले आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका थिए। बैठकपछि प्रधानमन्त्री राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाएर राष्ट्रिय सभामा पुगेका थिए।

उनले भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रोस्ट्रममा थुकेका हुन्।

आज मात्रै बुटवलमा स्वास्थ्यककर्मीले जथाभावी नथुकौं अभियान सुरु गरेका छन्।

रोटरी ई-क्लव मेडिकोफ्युजन हाइब्रिड नेपालको अगुवाइमा थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान चिकित्सकले अभियान चलाइरहँदा देशको सर्वोच्च पदमा रहेका व्यक्तिले संसदको रोष्टम जस्तो मर्यादित ठाउँमा थुकेका छन्।

जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोगसमेत फैलाउँछ। युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ। तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोग थुककै कारण फैलिने गरेको चिकित्सकहरूले बताएका छन्।

यूरोपतिर कसैले बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा समेत थुक्दैनन्। तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ।

भिडियोमा एक घन्टा आठ मिनेटमा प्रधानमन्त्रीले थुकेको दृश्य देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय