३३९९ नमुना परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमणपुष्टि

पछिल्लो २४ घन्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ३ हजार ३ सय ९९ नमुना परीक्षण गर्दा २ सय ५९ संक्रमण पुष्टि भएको हो।

आइतबार काठमाडौं उपत्यकामा थप १ सय २६ जनामा संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित छन्।

जसमध्ये संस्थागत रूपमा ३ हजार ३ सय ४३ र होम आइसोलेसननमा १ हजार १ सय ८९ जना छन्।

हालसम्म १९ लाख ८२ हजार २ सय ४६ नमुनाको परीक्षण भएको मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयको अनुसार आइतबार २ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन्।

पछिल्लो २४ घन्टामा ५ सय १३ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै २ लाख ५८ हजार ४ सय ४१ जना संक्रमणमुक्त भएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय