विदेशमा थप तीन नेपाली कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघले योसाता यूकेमा दुईजना र मलेसिया एकजना गरी तीन नेपालीको ज्यान गएको जनाएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय १७ पुगेको छ। २० देशमा रहेका नेपालीले उक्त संख्यामा संक्रमणबाट ज्यान गुमाएका हुन्।

समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना संक्रमण पुष्ठि भएको छ। तीमध्ये ५१ हजार एक सय १६ जनाले संक्रमण जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय