कलिलै उमेरमा अस्ताए क्रिकेटर कुन्दन

मिर्गौला बिग्रेर सिकिस्त बनेका युवा क्रिकेटर कुन्दन सिंहको निधन भएको छ।

राष्ट्रियस्तरको दर्जनौं अन्डर–१९ क्रिकेट प्रतियोगितमा प्रदेश–२ बाट प्रतिनिधित्व गरिसकेका कुन्दनको आइतबार निधन भएको हो।

दुबै मिर्गौला काम नलाग्ने भएपछि कुन्दन केही दिनयता सिकिस्त भएका थिए।

महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टा घर भएका कुन्दनलाई डाइलेसिसमा राखिएको थियो।

सिकिस्त बन्दै गएका कुन्दनको मिर्गौला फेर्न चिकित्सकहरूले सुझाव दिएपनि आर्थिक अभावका कारण सम्भव हुनसकेको थिएन।

कुन्दनको ज्यान जोगाउन राज्यले चासो नदिएपछि क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयको पहलमा स्थानीय युवाले रकम संकलन गरेर करिब ७ लाख रुपैयाँ सहयोग गरेका थिए।

One thought on “कलिलै उमेरमा अस्ताए क्रिकेटर कुन्दन

  1. नेताहरुका लागि मृगौला फेर्नु परे तुरुन्तै सबै कुरा जुट्छ तर देशको एउटा सान जो देशको इज्जतका लागि ज्यान दिएर खेल जगतमा संलग्न हुन्छ उसका लागि खासै मतलव गरिँदैन र उसको ज्यान जान्छ योभन्दा दुर्भाग्य जनताका लागि के हुन सक्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय