३० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिने भारतकाे तयारी

भारतले जनवरी १६ बाट कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गर्ने तयारी गरेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले खोपको पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी र महामारीमा अग्रपंक्तिमा काम गरिरहेकालाई प्राथमिकता दिइने बताइएको छ।

पहिलो चरण समाप्त भएपछि दोस्रो चरणमा ५० वर्षभन्दा बढी उमेर समुहका अन्य रोगबाट ग्रसित भएकाहरुलाई खोप दिइने छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

भारतमा गम्भिर रोगबाट करिब २७ करोड सर्वसाधारण ग्रसित रहेको भारतको स्वास्थ्य मन्त्रालयले आँकडा छ।

जनवरी ८ शुक्रबारदेखि भारतले दोस्रो चरणको खोप परीक्षण गरिरहेको छ। भारतका सबै जिल्लामा कोरोनो खोपको पुर्वअभ्यासको काम चलिरहेको भारतीय मिडियाले जनाएका छन्।

पहिलो चरणमा स्वास्थ्यकर्मी,डाक्टर, नर्स प्यारामेडिकल र स्वास्थ्य क्षेत्रसँग जोडिएका अन्य व्यक्तिलाई दिइने छ।

खोपलाई औषधि निर्माता कम्पनीबाट करनाल, मुम्बई,चेन्नाई र कलकत्ता गरी चार ठाउँका औषधि भण्डारण केन्द्रमा राख्ने र त्यहाँबाट सबै प्रदेशमा बाँडफाड गर्ने सरकारको योजना छ।

खोपलाई सफलतापूर्वक सम्पन्न गर्न मन्त्रालयले करिब ४ लाख स्वास्थ्यकर्मीलाई तालिम दिएको छ।

भारत बायोटेक कम्पनीले आपतकालिन अवस्थामा १२ वर्षभन्दा बढी उमेर समुहका बालबालिकाले पनि खोप लगाउन सक्ने अनुमति दिएको छ।

यद्दपि खोप लिएका बालबालिकाको भने स्वास्थ्य मन्त्रालयले नियमित स्वास्थ्य परक्षिण गर्ने छ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ५० हजारबढीको मृत्यु भएको छ भने १ करोडभन्दा बढी संक्रमित छन्।

भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले खोप निशुल्क उपलब्ध गराईने जानकारी दिदै जनतालाई हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

खोपको एक डोजजको मुल्य करिब २ सयदेखि ३ सयसम्म पर्न सक्ने छ।

भारतले नीजि अस्पतालले पनि खोप लगाउन सक्ने गरि काम गरिरहेको छ। नीजि अस्पतालबाट खोप लगाउदा मुल्य दोब्बर हुन सक्ने अनुमान गरिएको छ।

भारत सरकारले २०२१ भर ३० करोड सर्वसाधारणलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। जसलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियानसमेत भनेको छ।

खोप व्यवस्थापनका लागि २९ हजार कोल्ड स्टोर तयार गरिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

खोप लगाउन चाहाने सर्वसाधारणले भारत सरकारले सञ्चालनमा ल्याएको ‘कोविन एप’मा नाम दर्ता गराउनुपर्ने छ।

नाम दर्ता गरेपछि मोबाइलमा खोप लगाउने समय, तारिख, केन्द्र गरी सबै ब्यहोरा भएको जानकारी आउने छ।

नाम दर्ताका लागि ड्राइीभिङ लाइसेन्स,प्यान कार्ड, पासपोर्ट बैंकको चेक,मतदाता नामावलीजस्ता फोटो भएको जुनसुकै परिचयपत्र भएपनि पहिचान स्वरुप राख्नु पर्ने छ।

भारत सरकारले सर्वसाधारणलाई ‘कोविन एप’ डाउनलोड गर्न आग्रह गरिसकेको भएपनि एप्लिकेसन सञ्चालनमा आएको छैन्। केहि दिनभित्र एप सञ्चालनमा आउने अधिकारीले बताएका छन्।

स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म परक्षिण गरिएका सबै खोप सुरक्षित रहेका भएपनि सामान्य ज्वरो,टाउको दुख्ने र खोप लगाएको ठाउँमा दुख्न सक्नेजस्ता समस्या देखिन सक्ने जानकारी दिएका छन्।

खोप लगाउने सबै सर्वसाधारणले आफ्नो स्वास्थ्यका बारेमा सचेत हुनुपर्ने र समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउनु पर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय