पछिल्लो २४ घण्टामा ६ सय ९९ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालको कुल संक्रमितको संख्या२ लाख ६४ हजार ५ सय २१ पुगेको हो।

शनिबार ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्।

थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय