अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

भारत महाराष्ट्रको भण्डारा जिल्लाको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।

अस्पतालको स्पेशल न्युबर्न केयर युनिटमा आगलागी हुँदा ती शिशुको मृत्यु भएको हो। स्वास्थ्यमा जटिल समस्या भएका शिशुहरुलाई एनआइसीयूमा राखिएको थियो ।

भारतीय मिडियाका अनुसार मृत्यु हुनेमा एक महिनादेखि तीन महिनासम्मका शिशु थिए।

अस्पतालमा गएराति २ बजे आगो लागेको हो। उक्त युनिटमा १७ शिशु राखिएको थियो। तीमध्ये ७ जनालाई बचाउन सफल भएको अस्पतालका जनाएको छ।

भास्कर दैनिक अनलाइनले दिएको खबर अनुसार ड्यूटीमा रहेकी एक नर्सले वार्डबाट धुँवा आइरहेको सबैभन्दा पहिले देखेकी थिइन्।

त्यसपछि उनले अस्पतालका अधिकारीहरुलाई यसबारे जानकारी दिइन।

केही समयपछि आएको दमकलको सहायताले आगो निभाएका थिए।

अस्पतालको लापरवाहीका कारण घटना घटेको भन्दै सर्वसाधारणहरु आक्रोशित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय