रामेछाप स्वास्थ्य कार्यलयले ६ माग्यो कर्मचारी

रामेछाप स्वास्थ्य कार्यालयले ६ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

कार्यालयले स्वास्थ्य अधिकृत सातौं तहका १ जना, अनमी ४ जना , ल्याब असिस्टेन्ट चौथो तहको १ गरी ६ जनाको लागि विज्ञापन आह्वान गरेको हो।

इच्छुक व्यक्तिले विज्ञापन खोलिएको प्रन्ध भित्र आवश्यक कागजातसहित दर्खास्त दिन सक्ने छन्।

परीक्षा दस्तुर सातौं तहका लागि एक हजार रुपैयाँ र चौथो तहका लागि ४ सय रुपैयाँ तोकिएको छ।

आवेदनकताले नेपाली नागरिकताको फोटोकपी, शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि र सम्बन्धित व्यवसायिक परिषद्मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि बुझाउनपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय