कोरोना महामारीमा बच्चा जन्माउनु कति उपयुक्त?

हेल्थपोस्ट नेपाल

कोरोना महामारीले थुप्रै योजना प्रभावित बनेका छन्। पहिलेको तुलनामा अहिले स्वास्थ्य संस्थामा सेवा लिन आउनेको संख्यामा पनि कमि आएको छ।

महामारीका कारण अन्य मानिसमा झै गर्भवतीमा पनि संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ता छ। जसले गर्दा धेरै महिलाहरू नियमित गर्भ जाँच गर्न आउन नै डराइरहेका हुन्छन्।

यस्तो बेला कुनै दम्पतिले सन्तान उत्पादनको योजना कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

साथै गर्भवती महिलाले कसरी सावधानी अपनाउने वा संक्रमण भइहाले कसरी बच्चालाई सुरक्षित राख्ने भन्ने कुरामा विषेश ध्यान दिनुपर्ने हुन्छ।

प्रस्तुत छ, हेल्थपोस्ट नेपालले यही विषयमा केन्द्रीत रहेर स्टार अस्पतालकी स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी आचार्य गौतमसँग गरेको कुराकानी :

कोरोना महामारीले गर्भवती महिलाको स्वास्थ्यमा कस्तो असर पारेको छ?

कोरोना महामारीले महिला स्वास्थ्यमा एकदमै असर परिरहेको छ। त्यसमाथि पनि गर्भवती महिलामा निकै समस्यामा छन्। उनीहरूले लकडाउनमा सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेनन् भने अहिले पनि अवस्था खासै फरक छैन।

त्यसका साथै संक्रमित केशको हकमा पाउनु पर्ने सेवाबाट बञ्चित नै हुनुपरेको अवस्था छ।

सुरूका दिनमा कोरोना भनेपछि मानसिक आंतक त्रास। मानिसमा संक्रमणले मरिहालिन्छ भन्ने डर थियोे। तर, अहिले यो मानसिकतामा परिर्वतन हुँदै आएको पाइन्छ।

स्वास्थ्यकर्मीले हतोत्साहित भएर गर्भवती महिलाको ख्यान नगर्ने, नजिक नजाने भन्ने हुँदैन। सामाजिक दूरी कायम गरी, प्र¥याप्त स्वास्थ्य समाग्रीको प्रयोग गरेर सेवा दिन सकिन्छ।

नयाँ कोरोना भाइरस ढिलो—चाँडो नेपालमा आउने पक्कापक्की नै छ। झन् यो प्रजातिको संक्रमण हुने दर धेरै हुने आकलन गरिएको छ। यस्तो माहामारीमा बच्चा जन्माउने योजना गर्नु कतिको सान्र्दभिक होला? अहिले बच्चा जन्माउने योजना बनाइरहेका जोडिलाई केही सुझाव दिन चाहनुहुन्छ?

अहिले फैलिएको नयाँ भाइरसले ७० प्रतिशत अझै बढि संक्रमण फैलाउन सक्ने रहेको अध्ययनले देखाएका छन्।

नेपालमा पनि यो भाइरस आइपुग्दा वा नपुग्ला। तर, हामीले सर्तकता अपनाउनुपर्छ। कुनै पनि महिला दिदीबहिनी बच्चा जन्माउने तयारीमा हुनुहुन्छ भने यदि बस्ने तरिका, बाटो हिड्ने तरिकामा परिर्वतन ल्याउन जरूरी छ।

हामीले गरिराखेको दैनिक व्यवहारमा थोरै सर्तकता अपनाउन सक्यौं भने नयाँ बच्चालाई जन्म दिन खासै अप्ठायारो पर्दैन।

नेपालजस्ता मुलकमा मातृमृत्युको प्रमुख कारण रक्तस्राव, इन्फेशन, प्रेसर बढ्नु लगायत हुन्।

लकडाउनपछि स्वास्थ्य सेवा लिन आउने महिलाको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ। किनभने धेरै समयसम्म यातायत चलेन। अस्पताल आउने बित्तिकै संक्रमण सर्छ भने आमबुझाई भयो।

पछिल्ला वर्षमा लिएरहेको स्वास्थ्य सेवा ५० प्रतिशतले घट्न जाँदा अवस्य पनि मातृमत्यु बढ्न जाने निश्चित छ। अहिले हेर्दा मातृमृत्युका साथ—साथै नवजात मृत्यु भइरहेको छ।

विभिन्न समस्याका कारण महिलाहरू बाटो तथा घरमा बच्चा जन्माइरहेका छन्। सुत्केरीले पाउनपर्ने सेवा पाइरहेका छैइनन्।

यसले कतिसम्मको असर पार्छ भन्ने अझै एकिन भएको छैन। बेला—बेलामा यसले स्वरुप परिर्वतन गर्दै आएको छ। त्यसकारणले हामीले समयअनुकल अगाडी बढ्दै जानुपर्छ।

कुनै दम्पति बच्चा जन्माउने योजनामा हुनुहुन्छ भने केही हदसम्म जीवनशैलीमा परिर्वतन ल्याउन जरूरी हुन्छ।

सरकारले जारी गरेको जनस्वास्थ्यको मापदण्ड अनिवार्य तरिकाले पालना गर्दा बच्चा जन्माउनको लागि अहिले आतंकित हुनु पर्दैन।

नयाँ बच्चा जन्माउनको लागि यस्तो बेलामा परिवारको साथ कस्तो चाहिन्छ?

गर्भवती हुन योजना गर्नुभएको वा भइसक्नु भएका महिला आफैंबाट सर्तकता अपनाउनुपर्छ।

अहिले घरमा भीडभाड गर्ने तथा पाहुना जाने प्रवृत्ति अलि कम छ। तर, पनि अन्य कसैलाई रूघाखोकी तथा रोग लागेको छ भने भरसक गर्भवती महिला त्यहाँ नगएकै राम्रो।

परिवारका सदस्यले गर्भवती महिलाभित्र भुण बढिरहेको छ भन्ने बुझ्न पर्छ।

गर्भवती महिलामा संक्रमण हुने सम्भावना कत्तिको हुन्छ?

कुनै महिला गर्भवती भएपछि कम्तीमा पनि चार पटक गर्भजाँच गर्नुपर्छ। केही अगाडी संक्रमणको दर उच्च भएको बेला सरकारले केही मापदण्ड तोकेको थियो। हाल

पहिलाकोभन्दा त्राश केही हदसम्म घटेको छ।

अहिले बरू अस्पताल सुरक्षित भएको मलाई महसुस हुन्छ। म जब मार्केट जान्छु अहिले डर लाग्छ। जुनसुकै बजारमा भीडभाड बढिरहेको हुन्छ। तर, सावधानी अपनाएको पाइँदैन।

अस्पताल आइसकेपछि सामाजिक दूरीदेखि सबै प्रोकोटल अपनाइएको हुन्छ। तर, बजारमा भने कसैलाई डर नै नभएजस्तो देखिन्छ।

अधिंकाश महिला स्वास्थ्य जाँचका लागि ढीलोगरी आइरहेको पाएकी छु।

कोरोना भाइरस संक्रमण जो कोहीलाई पनि हुन सक्छ। गर्भवती महिलामा संक्रमण भएको अवस्थामा त्यसले पार्ने असर अलि जोखिमपूर्ण हुन सक्छ।

गर्भवती महिलालाई संक्रमण हुँदा स्याहारसुसारबाट बञ्चित हुनसक्छन्। त्यसकारण यो बिषयमा सोच्नुपर्ने अवस्था छ।

अस्पतालले गर्भवती महिलालाई कसरी सेवा दिइरहेको छ?
अस्पतालले सुरूदेखि नै सबै कोरोना संक्रमितालाई निकै राम्रो सेवा दिँदै आएको छ।

केही समय अगाडीबाट संक्रमित महिला पुरै सेवा दिन अस्पताल सक्षम छ।

कतिपय दिदीबहिनी अझै पनि त्रासमा हुनुहुन्छ होला। तर, उहाँहरूलाई लक्षित गरेर २४ घण्टा अस्पतालले टेलिमेडिसिन सेवा दिँदै आएको छ।

गर्भवती भएपछि महिलाले अपनाउनुपर्ने सावधानी के—के हुन् ?

कुनै पनि संक्रमित आमामा बच्चामा सर्छ भन्ने लागिरहन्छ। तर, अन्य बेला जस्तै अपनाउने सावधानी अपनाउनुपर्छ। बेला—बेलामा हात धुने, प्याड र्फेने गर्नुपर्छ।

पहिला आमाले दुध खुवाउँदा माक्सको प्रयोग गरिँदैनथ्यो। तर, अब प्रत्येक आमाले माक्सको प्रयोग गरेर मात्रै दुध खुवाउनुपर्छ।

संक्रमित महिलाले पनि बच्चालाई आफ्नै साथमा राखेर हेरचाह गर्न सक्छिन्।

संक्रमित महिलाले कस्तो खानपानमा ध्यान दिनुपर्छ?

कोरोनाले धेरै अगंलाई असर गर्छ। मुख्यतया श्वासनली, मटु, कलेजो, ब्रेन सबैमा असर गर्छ। कोरोनाले नर्मल स्टिमलाई समेत असर गर्ने भएकाले सन्तुलित आहारमा ध्यान दिनुपर्छ।

झोलियो खानेकुरा, तातोपानीको प्रयोग, प्रोटिन डाइड (गेडागुडी, माछामासु, अण्डा) र भिटामिनको सेवन गर्नुपर्छ।

आम महिलालाई के सुझाव दिनुहुन्छ?

कोही पनि महिला गर्भवती हुन चाहनुहुन्छ भने कोरोनाले गर्दा पछाडी हट्न पर्दैन। सावधानिक अपनाउदाँ गर्भवती हुन कुनै समस्या पर्दैन।

सामाजिक सञ्जालमा आममासमा कोरोना भनेर त्रास फैलिएको छ।

कोरोनाले स्वास्थ्यमा जोखिम निम्याउँछ। तर, अहिले भीडभाडमा जाँदा पनि आफूलाई त्रासको महसुस गर्नुपर्छ।

(हेल्थपोष्टकर्मी पुष्पराज चौलागाईसँगको कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *