गर्भवती महिलाले किन हाँस्नुपर्छ?

हाँसो।

अर्थात हरेक सम्बन्धको सुरुवात।

कतिपय सम्बन्धहरू हाँसोबाटै सुरु हुन्छन्। र, कतिपय मानिसको स्वभावसमेत हाँसोबाट थाहा पाउन सकिन्छ।
हाँसोले मान्छेलाई जीवन्त, सुन्दर र आकर्षक देखाउँछ।

हाँसो आफैंमा आनन्दमयी कुरा हो। हाँसोले मान्छेलाई चुस्त र तन्दुरुस्त मात्रै बनाउँदैन आयुसमेत बढाउँछ।
हाँसोले आफूमात्रै नभई अरुलाई समेत फाइदा गर्छ।

आमाको हाँसोले गर्भमा रहेको बच्चालाई समेत प्रभाव पार्छ।

कुनै पनि महिलाका लागि आमा बन्नु सौभाग्यको कुरा हो। गर्भावस्था महिलाका लागि महत्त्वपूर्ण समय हो। यस समय महिलाले आफ्नो स्वास्थ्यको जति ख्याल गर्यो, बच्चा त्यति नै स्वस्थ तन्दुरुस्त जन्मिन्छ।

आमाले गरेका हरेका कुराको प्रत्यक्ष असर पेटमा हुर्किरहेको बच्चामा पर्छ।
मान्छे दिनमा धेरै पटक हाँस्छ।

गर्भावस्थामा आमाले गरेको हरेक कुराको प्रत्यक्ष प्रभाव पेटभित्रको बच्चामा पर्छ।

आमा हाँस्दा गर्भको बच्चा तलमाथि सर्ने गर्छ, जसका कारण बच्चा र आमा दुवैलाई फाइदा हुन्छ। हाँस्दा पेटभित्र रहेको बच्चाले तलमाथि गर्दा बच्चाका बारेमा आमाबाले चिन्ता लिनुपर्दैन बच्चा स्वस्थ हुन्छ।

आमाको ‘मुड’ले पनि बच्चामा प्रत्यक्ष असर गर्छ।

गर्भावस्थामा आमालाई मानसिक तनाव नलिन तथा सधैं सकारात्मक कुराहरू गर्न र हेर्न सल्लाह दिइन्छ। यसको एकमात्रै कारण हो, आमाको आनीबानी, स्वभाव र व्यवहारले बच्चामा प्रभाव पार्छ।

आमा खुसी हुँदा प्लेसेन्टाको माध्यमबाट हार्मोनहरू बच्चासम्म पुग्दछ, जसका कारण बच्चाले शान्ति महसुस गर्छ।

गर्भावस्थामा आमाले बच्चासँग कुराकानी गरिरहेकी हुन्छिन् अनेकन कल्पना गरिरहेकी हुन्छिन्। यो क्षण आमा र बच्चा दुवैका लागि अद्भूत हुन्छ। यस्तो समयमा आमालाई बच्चासँग बोल्ने चाहना हुन्छ र बच्चाले पनि आमालाई जान्ने कोसिस गर्छ।

गर्भमा रहेको बच्चाले आमाको आवाज सुन्छ र ऊ सबैभन्दा पहिले आमा शब्द बोल्छ र आमालाई चिन्छ। यसरी बच्चाले आमाको हाँसो याद राख्ने भएकाले आमाको हाँसोले बच्चाको दिमागमा ठूलो प्रभाव पर्छ।

गर्भावस्थामा आमाले गरेका क्रियाकलापको प्रभाव बच्चामा पर्ने भएकाले आमालाई सधैं सन्तुष्ट र वेप्रवाह रहन भनिन्छ।
आमाले हरेक परिस्थितिमा खुसी रहने प्रयास गर्नुपर्छ। यस्तो समयमा आमाले आफूलाई मनपर्ने काम गर्ने र गहिरो सास लिनुपर्छ।
आमा सकेसम्म तनावबाट टाढा रहनुपर्छ।

तनाव कसरी कम गर्ने

सन्तुलित भोजन र पोषिला खानेकुरा खाई पर्याप्त मात्रामा आराम गर्ने

साँझ–बिहान थोरै हिँडडुल गरेर हल्का मात्रामा व्यायाम गर्ने

धुम्रपान तथा मद्यपानबाट टाढा रहने

योगा र ध्यान गर्ने

श्रीमानसँग समय बिताउने र आफूलाई मनपर्ने काम गर्ने

सकारात्मक कुरामा मात्रै ध्यान दिने आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय