कोरोना खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, चाडो विवरण पठाउन आग्रह

स्वास्थ्य सेवा विभागले कोरोना संक्रमण नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई सक्दो चाँडो आफ्नो विवरण पठाउन भनेको छ।

एक सूचना जारी गर्दै विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यहि २० गतेको निर्णय अनुसार सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयसँग समन्वय गरेर चाडो पठाउन आग्रह गरेको छ।

कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा अग्रपंत्तिमा खटिने सरकारी, गैर सरकारी तथा नीजि अस्पताल, स्वास्थ्य संस्था लगाएत सबै तहका स्वास्वस्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आफ्नो विवरण पठाउन भनिएको छ।

त्यसका लागि दुई वटा इमेल जारी गरिएको छ। आग्र मोर्चमा खटिएका स्वास्थ्यकर्मीले basanta.stha44gmail.com र [email protected] मा आफ्नो विवरण पठाउन सक्ने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय