कोरोनाविरुद्वको मोडर्ना खोपलाई युरोपेली संघको अनुमति
कोरोना भाइरसविरुद्वको भ्याक्सिन मोडर्नालाई प्रयोग गर्न युरोपेली संघले अनुमति दिएको छ। योसँगै युरोपेली संघले दोस्रो भ्याक्सिनलाई स्वीकृति दिएको हो।
मोडर्नालाई युरोपेली संघको ड्रग रेगुलेटरले बुधबारबाट बजारीकरण गर्न स्वीकृती दिएको छ। युरोपेली संघले मोडर्नाको १ करोड ६० लाख डोज खरिद गर्ने भएको छ।
बेलायतमा देखिएको नयाँ स्वरुपको कारोना भाइरसलाई परास्त गर्न दोस्रो भ्याक्सिनलले सहयोगी भूमिका खेल्ने संघको विश्वास छ। जनवरीदेखि सेप्टेम्बरसम्म माग अनुसारको डोज युरोपेली संघलाई दिने मोडर्नाले प्रतिबद्धता जनाएको छ।