नेपाल अप्थल्मिक सोसाइटी पूर्वी च्याप्टरको १४औं सम्मेलन विराट मेडिकल कलेजमा

नेपाल अप्थमिल्क सोसाइटी पूर्वी च्याप्टरको १४औं सम्मेलन शनिबार हुँदैछ।

एकदिने सो सम्मेलनमा देश तथा विदेशका नेत्र विशेषज्ञहरूको सहभागिता रहने आयोजक कमिटिले जनाएको छ।

विराट मेडिकल शिक्षण अस्पतालले नेपाल अप्थमिल्क सोसाइटी पूर्वी च्याप्टरसँगको समवन्यमा सो सम्मलेन गर्न लागेको हो।

सम्मेलनको मुख्य विषयवस्तु नेपालमा आँखाको सेवाको गुणस्तरलाई अझै प्रभावकारी बनाउने रहेको आयोजक प्रतिनिधि डा. नेहा चौधरीले बताइन्।

कोरोनाका कारण सम्मलेनमा भौतिक तथा अनलाइनमार्फत सहभागिता जनाउन सकिने व्यवस्था मिलाइएको छ। डा. चौधरीले सम्मेलन तीन सत्रमा चल्ने बताइन्।

पहिलो सत्र विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीको प्रमुख आतिथ्यमा रहनेछ।

त्यसैगरी, नेत्र वैज्ञानिक प्रा. डा मदन प्रसाद उपाध्यायले मुख्य विषयवस्तुबारे प्रकाश पार्नेछन्।

वैज्ञानिक सत्रमा विभिन्न आँखा रोग बारे र नेत्र विज्ञान विशेषज्ञहरूको तालिम तथा शिक्षा प्रर्वधन बारे ४० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन्।

डा. सन्दुक रुइत, डा.गोपाल प्रसाद पोखरेल, प्रा. डा देव नारायण शाह लगायतका प्रख्यात नेत्र रोग विशेषज्ञको सहभागिता हुने अपेक्षा राखिएको छ।

सम्मेलनको अन्त्यमा छलफल निचोड कार्यक्रम सञ्चालन हुने डा. चौधरीले बताइन्।

चौधरीका अनुसार सम्मलेनको अन्त्यमा छलफलका निचोड सम्बन्धी घोषणा पत्र तयार गरिनेछ। उक्त घोषणा पत्र नेपाल सरकारलगायत अन्य सरोकारवाला संघ संस्थालाई वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय