प्रदेश २ मा ५७ स्वयमसेवक स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान

प्रदेश २ सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले ५७ जना स्वयमसेवक स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले प्रदेश स्वयमसेवक सेवा अन्तर्गत काम गर्न चाहने व्यक्तिले दर्खास्त दिनसक्ने जनाएको छ।

जनस्वास्थ्य अन्तर्गत हेल्थ असिस्टेनमा १३ जना, अहेवमा १६ जना, ल्याव असिस्टेन्टमा ९ जना, स्टाफ नर्समा ८ जना, अनमीमा ११ जना गरी ५७ जना स्वयमसेवक स्वास्थ्यकर्मीका लागि दर्खास्त आह्वान गरिएको हो। छनोट भएका कर्मचारीलाई प्रदेश २ का विभिन्न खटाइने मन्त्रालयले जनाएको छ।

यस्तै पशु सेवामा पनि ८ जना कर्मचारी माग गरिएको छ। पशु सेवाअन्तर्गत भेटेनरी जेटिएमा ८ जना कर्मचारी माग गरिएको हो। विज्ञापन आह्वान गरिएको १५ दिनभित्र दरखास्त गरिसक्नुपर्ने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय