बालबालिकालाई कसरी मोबाइलबाट टाढा राख्ने?

आजभोली मोबाइल फोन गर्नमात्रै प्रयोग गरिँदैन।

पछिल्लो समय मोबाइल बच्चालाई फकाउने भरपर्दो  साधन पनि बन्दै गएको छ।

एक वर्षको बच्चालाई मोबाइल खेलाउन दिँदा उसले रुन छोड्ने होइन्। बरु उसको आदत विग्रीदै जाने हो।

कलिला आँखा मोबाइलको स्क्रिनमा गडिदा कमजोर हुँदै जाने हुन्। केही समयका लागि बच्चाले रुन छोडे पनि उसको मानसिकतामा विस्तारै असर पर्दै जान्छ।

अहिलाका मानिसको आदत नै बनिसकेको छ मोबाइल।

मोबाइल बिना मानिसलाई समय विताउन निकै मुस्किल मात्र हुँदैन मनोरञ्जन गर्नसमेत गाह्रो हुन्छ।

बच्चालाई मोबाइल चलाउन दिनु स्वास्थ्यका हिसाबले घाटा हो भन्नेमा सबै जानकार छन्।

तर, हरेक बच्चालाई मोबाइल चाहिन्छ।

आमा बुवा तथा अभिभावक काममा हुँदा त झन आवश्यक हुने गरेको छ मोबाइल।

अभिभावकहरू बालबालिकाको हातमा मोबाइल थमाएर अन्यत्रै रमाइरहेका हुन्छन्।

यसले बालबालिकाको बानी बिग्रिनुका साथै आँखामा असर र पढाइप्रतिको आकर्षण घटाउँछ।

यस्तो समस्या सबैको घरमा हुनसक्छ। कसरि बालबालिकालाई मोबाइलबाट टाढा राख्ने भनेर सबैले सोच्नु जरुरि छ।

बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न  साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने,  मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ।

यसरि राख्न सकिन्छ बालबालिकालाई मोबाइलबाट टाढा

– बाहिर खेल्ने बानी बसाउने
– मोबाइल कम दिने
– बालबालिकासँग कुराकानी गरिरहनु
– मोबाइलमा पासवर्ड राख्नु
– बालबालिकालाई प्रकृतिप्रेमी बनाउने अर्थात केही समय टहलाउन लैजाने
– बालबालिकासँग नजिक रहने
– मोबाइल चलाउँदा हुने बेफाइदाका बारेमा भन्ने
– रचनात्मक कामका लागि प्रेरित गर्ने
– अन्य मनोरञ्जनका साधन प्रयोग गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय