नेपालमा ६० प्रतिशत कोरोना संक्रमितले प्रयोग गरे गुर्जो

नेपालमा ५९.३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसरको प्रयोग गरेको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धानमा ५९.३ प्रतिशत शोधकर्ताले गुर्जो र बेसारको प्रयोग गरेको बताएका थिए। ५.६ प्रतिशतले आयुर्वेदिक उपचार र २९.६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको पाइएको थियो।

५३६ जनामा गरिएको शोधमा ६५.९ प्रतिशतले लक्षण बिहिन रहेको परिषद्का अनुसन्धान प्रमुख मेघनाथ धिमालले जानकारी दिए। बाँकीमा ज्वरो, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी लाग्ने लक्षण देखिएको थियो।

५२.२ प्रतिशत सहभागीले परिवारजनसँग पूर्ण रुपमा दुरी कायम गरेको शोधको क्रममा पाइएको छ। त्यसैगरी ३५ प्रतिशतले कहिलेकाही मात्रै सामाजिक दुरी कायम गरेको पाइयो। १२.५ प्रतिशले भने दुरी कायम नगरेको जनाएका थिए।

‘५८.२ प्रतिशत होमले आइसोलेसनको दौरान मानसिक अशान्ति भएको पाइएको, १० प्रतिशतलाई रोग लागेको स्वीकार्न समस्या परेको, १.२ प्रतिशतलाई होम आइसोलेसनमा कुनै न कुनै किसिमको मानसिक समस्या भएको पाइयो’, शोधमा भनिएको छ।

२०.५ प्रतिशत बिरामीहरूलाई होम आइसोलेसनमा रहदा समस्या देखिएको थियो। ४२.८ प्रतिशत बिरामीले छुट्टै बस्ने कोठा व्यवस्थापनको समस्या भएको बताएका थिए।

२६.१ प्रतिशत बिरामीले सौचालय व्यवस्थापनको समस्या भएको गुनासो गरेका थिए। २०.७ प्रतिशत विरामीले सामग्री र १० प्रतिशत बिरामीले औषधी ल्याउन समस्या खेपेको बताएका थिए।

५ प्रतिशत बिरामीले परिवारको साथ नभएको गुनासो गरेका थिए। शोधगर्ताका अनुसार ९५.९ प्रतिशत सहभागीले परिवारको स्याहार पाइएको जनाएका थिए।

७५.७ प्रतिशत सहभागीले यातायातको समस्या नभएको र २२.६ बिरामीले आपतकालिन अवस्थामा अस्पताल पुग्न यातायातका साधनको समस्या भएको जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय