नेपाल, भारत र अमेरिकामा पाइएको भाइरसको आनुवंशिक बनावट मिल्दोजुल्दो

नेपालमा देखिएको कोरोना भाइरसको आनुवंशिक बनावट बंगलादेश, भारत, साउदी अरेब, युरोप र अमेरिकामा पाइएको भाइरसको बनावटसँग मिल्दोजुल्दो भएको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक गरेको कोरोना भाइरसको अनुवांशिक अध्ययनले सो पुष्टि गरेको हो।

नेपालमा संक्रमण बढ्न थालेपछि अनुसन्धान परिषद्ले नेपालमा फैलिएको कोरोनाको आनुवंशिक अध्ययन गरेको थियो।

आनुवंशिक अध्ययनका लागि १५ वटा नुमना संकलन गरिएको थियो।

अध्ययनका लागि कोरोना परीक्षण गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, नेपाल-कोरिया मैत्री अस्पताल ठिमी, काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालबाट भाइरसको नमुना लिइएको परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले बताए।

गत असार १२ गतेदेखि साउन २६ गतेसम्म विभिन्न १० वटा भौगोलिक क्षेत्रका नमुना लिइएको परिषद्ले जनाएको छ।

नेपालमा फैलिएको भाइरसको बनावट विश्वका विभिन्न देशमा फैलिएका भाइरसको बनावट मिले पनि संरचनात्मक तथा गैरसंरचनात्मक प्रोटिनको बनावटमा भने केही आनुवंशिक भिन्नता पाइएको डा. धिमालले बताए।

यस्तो छ अध्ययनको प्रतिवेदन

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट नेपालमै पहिलो पटक SARS-CoV-2 (कोभिड -१९) भाइरसको आनुवांशिक अध्ययन सम्पन्न भएको छ।

यस अनुसन्धानले नेपालमा पनि आनुवांशिक अध्ययन तथा अनुसन्धान गर्नको लागि आवश्यक संरचना तथा योग्य मानव स्रोत साधन प्रयाप्त रहेको प्रमाणित गर्दछ साथै आगामी दिनमा पनि यस परिषद यस्तो किसिमको अनुसन्धान गर्न र गराउन इच्छुक रहेको व्यहोरा जानकारी गराउँदै SARS-CoV-2 भाईरसको आनुवांशिक अध्ययनबाट प्राप्त नतिजाहरूलाई निम्न लिखित बुँदाहरुमा संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ।

पृष्ठभूमि लक्षण सहितका कोभिड १९ को संक्रमण नेपालमा बढ्दो क्रममा छ। नेपालमा कोविड १९ को जोखिम (संक्रमण दर तथा लक्षण सहितका बिरामी) बढ्नुको मुख्य कारण मध्ये यस भाइरसको आनुवांशिक परिवर्तन पनि एक मानिन्छ तसर्थ नेपाली समुदायमा कोविड १९ बाट संक्रमित विरामीबाट संकलन गरिएको नमुनामा SARS-CoV-2 भाइरसको आनुवांशिक बिबिधता पत्ता लगाउन यस अनुसन्धानको मुख्य उद्देश्य थियो।

विधी यस अध्ययनको लागि कोभिड १९ परीक्षण गर्ने ३ वटा प्रयोगशाला (राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु, नेपाल कोरिया मैत्री अस्पताल ठिमी, काठमाडौं विश्व विध्यालय धुलिखेलबाट असार १२ गतेदेखि साउन २६ गते सम्म १० वटा भिन्न भिन्न भौगोलिक जिल्ला समेटिने गरी १५ वटा SARS-CoV- 2 भाइरसको नमुना संकलन गरी illumina (MI- Seq) उपकरण प्रयोग गरी अध्ययन गरियो। त्यसबाट आएको नतिजालाई Bio-informatics tools) र अन्य SARS-CoV-2 सम्बन्धी अध्ययन गर्ने online platform प्रयोग गरी प्राप्त नतिजालाई NCBI/GISAID मा उपलब्ध भएको SARS -CoV-2 भाईरसको आनुवांशिक बनावटसँग तुलना गरी Phylogenetic बिश्लेषण गरी आनुवांशिक एकरुपता तथा आनुवांशिक परिवर्तन सम्बन्धी अध्ययन गरियो।

नतिजा १- नेपालमा फैलिएको SARS-COV 2 भाईरसको आनुवांशिक बनावट मुख्यत: भारत बंगलादेश, साउदीअरेविया, युरोप र अमेरिकामा पाइएका भाइरससँग मिल्दोजुल्दो पाईयो ।

२. SARS-CoV-2 भाइरसको आनुवंशिक अध्ययन गर्ने online software (GISAID, Pangolin, Next Strain) को अनुसार GH र GR clade र Nextstrain नामाकरण अनुसार 20 A र 20 B clade समुहमा पर्दछ। यी समुहमा पर्ने SARS – CoV 2 भाइरस मध्ये गत फागुनदेखी संसारभर फैलिएको देखियो।

३. चिनबाट उत्पत्ति भएको SARS-CoV-2 भाइरसको आनुवंशिक बनाबटलाई आधार मानेर नेपालमा पाइएको SARS-CoV-2 भाइरसको आनुवंशिक बनावट तुलना गर्दा, संरचनात्मक र गैर-संरचनात्मक दुबै प्रकारका प्रोटीनमा परिवर्तन पाइयो। जस मध्ये संरचनात्मक प्रोटीनहरूमा Spike र Nucleocapsid प्रोटीनमा परिवर्तन भएको देखियो जसको मुख्य भूमिका भाइरसलाई शरीरको कोष भित्र प्रबेश गराउनु हो।

यसै गरी गैर-संरचनात्मक प्रोटिनहरू मध्ये nsp2, nsp3 र nsp12 (RNA dependent RNA Polymerase-RDRP) Gene हरूमा परिवर्तन पाइयो। यी प्रोटीनहरुको मुख्य भूमिका भाइरसको वृद्धि विकासमा सहयोग पुर्याउनु हो। निष्कर्ष नेपालमा फैलिएको SARS-CoV-2 भाइरस मुख्यत भारत, बंगलादेश, साउदीअरेविया, युरोप तथा अमेकिकामा पाइएका SARS-CoV-2 भाइरसको आनुवंशिक संरचनासँग मिल्दोजुल्दो पाईयो, यद्यपि संरचनात्मक तथा गैर-संरचनात्मक प्रोटीनहरुको बनावटमा केही आनुवंशिक भिन्नताहरु पाईयो जसको थप बृस्तित अध्ययन गरी त्यसको औचित्य पुष्ट्याईं गर्न जरुरी छ।

सुझावहरू १. आनुवंशिक भिन्नताहरु अध्ययन गर्दा नियमित अन्तरालमा (मासिक रुपमा) SARS-CoV-2 भाइरसको आनुवंशिक बनावट अध्ययन गरी कोभिड १९ निदानको लागि प्रयोग भइरहेको PCR Kit (Primer, Prove) हरुको आबश्यक प्रमाणीकरण गर्न जरुरी देखिन्छ।
२. आनुवंशिक भिन्नताको आधारमा हाल विकाश भइरहेका भ्याक्सिन तथा एन्टी भाइरल औषधीहरूको प्रभावकारिता नेपालको सन्दर्भमा अति आवश्यक रहेको यस अध्ययनले देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय