चितवनमा फेरि देखिन थाले कोभिडका गम्भीर बिरामी

चितवनमा कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामी देखिन थालेका छन्। करिब तीन हप्तासम्म गम्भीर खालका बिरामी देखा नपरेको चितवनमा फेरि देखिन थालेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ।

‘२० दिनयताको बीचमा कोभिड–१९ का सिरियस बिरामी अस्पतालमा न्यून छन् । १ हप्तादेखि २० दिनको बिचमा आइसियूमा राख्नुपर्ने बिरामी आएनन्,’ चितवन मेडिकल कलेजका संचार संयोजक डा.किशोर अधिकारीले भने, ‘सात दिनअघि दुई गम्भीर बिरामी आएकोमा हिजो बुधवार तीन जना बिरामी थपिएका छन्।’

अहिले चितवन मेडिकल कलेजमा तीन जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ। १३ जना आइसियूमा रहेको अधिकारीले जानकारी दिए । अस्पतालमा सक्रमितको संख्या भने निकै कम छ ।

‘हामीले कोभिड–१९का विरामीलाई भनेर भेन्टिलेटर, आईसियू सहित २ सय २५ बेड छुट्टाएका थियौँ । साउन, भदौ, असोज, कात्तिकसम्म सवै बेड भरिएका थिए। अहिले बिरामीको संख्या घट्दै गएको छ,’ उनले भने।

चितवन मेडिकल कलेजमा करिब तीन हप्ता यता कोभिड–१९बाट कसैको पनि मृत्यु भएको भएको छैन। तर, भरतपुर अस्पतालमा ४ दिनअघि एक पुरुषको मृत्यु भएको थियो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार, कोभिडबाट करिब १५ दिनको अन्तरमा कोभिडबाट मृत्यु भएको हो ।

‘कुनै समय दैनीक कोरोनाबाट तीन जनासम्मको मृत्यु भयो । अहिले मृत्युदर ह्वात्तै घटेको छ,’ पौडेलले भने, ‘गम्भीर प्रकृतिका बिरामी पनि कम छन् । तर, पछिल्लो समय फ्याट्ट फुट्ट देखिन थालेका छन।’

भरतपुर अस्पतालमा २ जना आइसियू र १४ जना जर्नल बेर्डमा रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो १५ दिनमा शून्य रहेको छ । चार दिनअघि भरतपुर अस्पतालमा मृत्यु भएका पुरुष जिल्ला बाहिरका हुन् ।

गत पुस ७ गते एक जनाको मृत्यु भएको थियो । चितवनमा हालसम्म १ सय १ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ । चितवनमा हालसम्म संक्रमित हुनेको संख्या ६ हजार ४८६ पुगेको छ ।

संक्रमित हुनेमा ३ हजार ८ सय ७१ पुरुष र २ हजार ६ सय १२ छन् । यस्तै ६ हजार १ सय ४९ संक्रमित निको भैसकेका छन् । हाल जिल्लामा २ सय ३६ जना संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्लाका संक्रिय संक्रमितमध्ये २० जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बाँकी २ सय १६ जना होमआईसोलेनमा रहेको कार्यालयले जानकारी दिएको छ । जिल्लामा पहिलो पटक बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनका कोरोना संक्रमित घट्दै गएपछि प्राकृतिक चिकित्सालय आइसोलेसन बन्द गरिएको छ । अस्पतालमा संक्रमितका लागि राखिएका बेडहरु समेत खाली हुँदैछन् ।

तर, बिरामी घटेपनि सिरियस संक्रमित देखा पनै थालेका सर्तकता अपनाउन आवश्यक रहेको चितवन मेडिकल कलेजका चिकित्सक डा.किशोर अधिकारीले जानकारी दिए । विद्यालय, फिल्म हल, जिम हलजस्ता निकायहरु खुल्न थालेपछि अव सक्रमणको जोखिम भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय