बिहिबार ४ सय १२ जनामा कोरोना, ४ सय ८३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमित संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको छ।

बिहिबार ५ हजार ५८ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार नेपालमा १९ लाख ६९ हजार २ सय ९२ संख्यामा पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ४ सय ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ।

बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय