सार्क राष्ट्रमध्ये सबैभन्दा कम सक्रिय संक्रमित हुनेमा नेपाल अग्रस्थानमा

सार्क देशहरुमध्ये कोरोना सक्रिय संक्रमित कम हुने मुलुकमा नेपाल अग्रस्थानमा छ।

पछिल्लो समयमा नेपालमा दैनिकजसो संक्रमितको संख्या घट्दो क्रममा छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा २ लाख ६३ हजार १ सय ९३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

तर, त्यसमध्ये २ लाख ५६ हजार १ सय ६१ जना अर्थात ९७ दशमलव ३ प्रतिशत संक्रमण मुक्त भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कुल संक्रमित मध्ये २ प्रतिशत सक्रिय संक्रमित छन्। जुन संख्या सार्क राष्ट्र मध्ये सबैभन्दा कम हो।

पछिल्लो तथ्यांक अनुसार ७ हजार ३२ जना मात्रै सक्रिय संक्रमित छन्।

सार्कदेशमा सबैभन्दा बढी सक्रिय केश भुटानमा छ। जहाँ कुल संक्रमित मध्ये ३८.३ प्रतिशत सक्रिय संक्रमित छन्।

त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १८.८ क्रमश श्रीलंकामा १५.९, अफगानिस्थानमा १५.८, बंगलादेश ९.३,माल्दिसमा ४.६ र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन्।

भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे नेपालमा संक्रमणदर कम हुनुको प्रमुख कारण भाइरस कमजोर हुदैँ गएकाे  अनुमान लगाउँछन्।

‘वृहत अनुसन्धान त गर्न सकिएको छैन,’ डा. पाण्डेले भने,‘ अन्य कारणसँगै समुदायमा एन्टीवडी विस्तार र भाइरस पनि कमजाेर भएर पनि संक्रमणदर घटेको हुनसक्छ।’

उनले सेरोप्रिभ्यालेन्सले पनि उत्शाहवर्धक तथ्यांक देखाएको बताए।

‘हाम्रो सेरोप्रिभ्यालेन्सले १४ प्रतिशतमा एन्टिवडी बनिसकेको देखाउँछ। यस्तो अवस्थामा ३०–४० प्रतिशतसम्म एन्टिवडी बनिसकेको हुनसक्छ,’ पाण्डेले भने।

डा. पाण्डेका अनुसार पछिल्लादिनमा सडक प्रदर्शन तथा जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले संक्रमण पुन बढ्नसक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय