विराटनगरमा वायु प्रदुषण उच्च, स्वास्थ्य सावधानी अपनाउनु : महानगर

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २३ गते १२:३८

प्रदेश १ को राजधानी विराटनगरमा उच्च वायु प्रदुषणको समस्या देखिएको छ।

वायु प्रदुषणको स्तर उच्च देखिएपछि विराटनगर महानगरले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अपिल गरेको छ।

महानगरले हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि पुगेकाले स्वास्थ्य सावधानी अपनाउन भनेको छ। स्वास्थ्यका हिसावले इ ०–६० सम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ।

विराटनगर क्षेत्रमा अपरान्हको समयमा प्रदूषण झनै बढ्ने सम्भावना औल्याउँदै महानगरले सावधानी अपनाउन आग्रह गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय