कला सुब्बा १४ बर्षदेखि कार्यलयमा अनुपस्थित, १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने विभागको निर्देशन

प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी,भोजपुरमा  कार्यरत पाचौं तहको अनमी पदमा कार्यरत कला सुब्बा १४ वर्षदेखि विदा स्वीकृत नराई अनुपस्थित रहेको पाइएको छ।

बिहिबार स्वास्थ्य सेवा विभागले एक सुचना जारी उपस्थित नभएको बारे स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।

सुब्बा २०६३ चैत्र १ गतेबाट विदा स्वीकृत नगराई अनुपस्थित रहेकी छिन्।

कार्यालयका अनुपस्थित हुनुको कारण, आधार तथा प्रमाण भए सोको समेत संग्लन गरी बाटो म्यादबाहेक १५ दिन भित्र स्पष्टीकरण पेश गर्न विभागले जनाएको छ।

सो म्यादसम्म उपस्थित भई चित बुझ्दो स्पष्टीकरण पेस नगरेमा स्वास्थ्य सेवा ऐन,२०५३ को दफा ७४(१) बमोजिमको कसुर बमोजिम सेवाको निमित अयोग्य नठहरिने गरी उचित कारण पेश गर्न विभागले निर्देशन दिएको छ।

One thought on “कला सुब्बा १४ बर्षदेखि कार्यलयमा अनुपस्थित, १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने विभागको निर्देशन

  1. कला मात्रै हराएकी हैन, उनीभन्दा माथिल्लो निकायका रुँगालाहरू पनि हराएका हुन् ।
    कर्मचारी हराएको एक जुगसम्म पनि कारबाही नगरी बस्नेहरूलाई पनि सँगै कारबाही हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय