पाकिस्तानमा ‘कुमारित्व’ परीक्षण रोक्न अदालतको आदेश

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २३ गते ८:५६

पाकिस्तानको अदालतले बलात्कारमा परेकी युवतीको ‘कुमारित्व’ परीक्षण नगर्न आदेश दिएको छ।

लाहोरको उच्च अदालतले बलात्कारमा परेकी युवतीकोे कुमारित्व परीक्षण तथा टु–फिङ्गर टेष्ट (औलाको प्रयोग) गर्नु अपमानजनक भएको भन्दै यस्तो कार्य नगर्न आदेश दिएको हो।

लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले कुमारित्व परीक्षण अपमानजनक र वैज्ञानिक नभएको फैसला सुनाएकी हुन्।

उच्च अदालतको यो फैसलालाई मानव अधिकारकर्मीलेस्वागत गरेका छन्।

अब उप्रान्त पञ्जावमा बलात्कारमा परेकी कुनै पनि युवतीको ‘कुमारित्व’ परीक्षण गरिने छैन।

पाकिस्तानका मानव अधिकारकर्मीहरूले कुनै वैज्ञानिक आधार नभएको भन्दै लामो समयदेखि यसका विरुद्ध वकालत गर्दै आएका थिए।

कुमारित्व परीक्षण बन्द गर्ने आदेश हाल पञ्जाब प्रान्तका लागि मात्रै भए पनि यसले अब देशैभरि दबाव सिर्जना गर्ने आशा गरिएको छ।

कुमारित्व परीक्षण बन्द गरिनुपर्ने भन्दै पाकिस्तानको सर्वोच्च अदालतमासमेत रिट दायर गरिएको छ।

लाहोरको उच्च अदालमा बहस गरेका वकिल समीर खोसाले भने कुमारित्व परीक्षण यौन हिंसासँग सम्बन्धित नभएको बताएका छन्।

के हो टु–फिङ्गर टेष्ट?

महिलाले कुनै पुरुषसँग शारीरिक सम्बन्ध राखे नराखेको पत्ता लगाउन उनीहरूको यौनाङ्गमा एक–दुई औला राखेर कुमारित्व परीक्षण गर्ने परम्परागत विधिलाई टु–फिङ्गर टेष्ट भनिन्छ।

केही डाक्टरहरुले टु–फिङ्गर टेष्टका माध्यममबाट कुमारित्व गुमाए नगुमाएको सजिलै पत्ता लगाउन सकिने बताएपनि विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले भने यस को वैज्ञानिक आधार नभएको र मानव अधिकारको उल्लंघन भएको भन्दै खारेज गरेको छ।

न्यायाधीश मलिकले टु–फिङ्गर टेष्टमा ध्यान दिनुभन्दा अभियुक्त र यौनहिंसा रोक्नुपर्नेमा ध्यान दिनुपर्ने बताएकी छिन्।
भारत, बंगलादेश तथा अफगानस्तानले समेत टु–फिङ्गर टेष्टलाई बन्देज लगाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय