दुधकोशी सामुदायिक अस्पताल सञ्चालनमा धुलिखेल अस्पतालको साथ

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २२ गते १८:३६

दुधकोशी सामुदायिक अस्पतालबाट बिशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालले साथ दिने भएको छ। विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुधकोशी अस्पताललाई धुलिखेल अस्पतालले साथ दिने जनाएको हो।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मुक्लिमा निर्माणधिन पचास सैय्याको दुधकोशी अस्पतालबाट बिशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पताल र थुलुङ दुधकोशी गाउँपालिका बिच सम्झौता भएको छ।

सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष असिम राई र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. रमेश मकाजुले हस्ताक्षर गरेका छन्।

‘अस्पताल निमार्ण, दिगो सञ्चालन र बिशेषज्ञसहितको चिकित्सकीय सेवा प्रवाह गर्न धुलिखेल अस्पतालसँग सम्झौता गरिएको छ,’ गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘अब यहाँका जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु पदैन, गाउँमै राजधानी सरहकै बिशेषज्ञ स्वास्थ्य सेवा पाउनेछन्।’ डेढ वर्षअघि गाउँपालिकाको अगुवाइमा स्थानीय जनताको सहभागीतामा महायज्ञ लगाएर अस्पताल निर्माणका लागि आर्थिक संकलन सुरु गरी अस्पताल स्थापनाको काम अगाडी बढाइएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय