नेपालमा ४०९ संक्रमित थपिँए, थप ४९५ ले जिते कोरोना

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ९ कोरोना संक्रमित थपिएका छन्। आज थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ।

आज देशभर थप ४ सय ९५ संक्रमितले कोरोना जितेका छन्। योसँगै कोरोना जित्ने कूल संक्रमित संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ।

आज देशभर ५ हजार १ सय ३३ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा थप ६ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने संक्रमितको कूल संख्या १ हजार ८ सय ९९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय