क्यान्सर रोगीको ६.५ लाख डलर मिनाहा गर्ने मनकारी अमेरिकी चिकित्सक

एक अमेरिकी मनकारी चिकित्सकले २ सय क्यान्सर पीडितले तिर्नुपर्ने साढे छ लाख डलर बराबरको बिल मिनाहा गरिदिएका छन्।

उक्त रकम मिनाहा गरेसँगै ती चिकित्सकको चर्चा विश्वव्यापी भइरहेको छ। ती बिरामीहरूले उपचार रकम तिर्न सङ्घर्ष गरिरहेको थाहा पाएपछि उनले रकम मिनाहा गरेको बिबिसीमा उल्लेख छ।

ती मनकारी डाक्टर उमर अतिक हुन्। उनले गत वर्ष झन्डै ३० वर्ष चलाएको आफ्नो अर्कान्ससस्थित क्यान्सर उपचार केन्द्र बन्द गरेका थिए।

बक्यौता उठाउनका लागि एउटा असुली गर्ने कम्पनीसँग काम गर्ने क्रममा उनले महामारीका कारण कैयौं परिवारले आर्थिक समस्या झेलिरहेको थाहा पाए।

ती बिरामीको मर्कालाई बुझ्दै क्रिसमसको अवसरमा उनले पत्र लेख्दै उनीहरूको बक्यौता मिनाहा गरिएको जानकारी गराएका थिए।

डा. अतिकले एबिसिको गुड मोर्निङ अमेरिका कार्यक्रममा आफुले कतिपय मानिसले रकम तिर्न नसक्ने थाहा पाएर रकम मिनाहा गरिएको बताएका थिए।

उनी पाकिस्तानी मूलका हुन्। उनले अर्कान्ससमा सन् १९९१ मा क्यान्सर उपचार केन्द्र खोलेका थिए।

उनी अहिले अर्कान्सस विश्वविद्यालयको चिकित्सा विज्ञान सङ्कायमा प्राध्यापक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय