अब भक्तपुरमा कति संक्रमित बाँकी छन्?

भक्तपुरमा अहिले सक्रिय संक्रमितको संख्या दुई सय ९२ रहेको छ। मंगलबारसम्मको तथ्याङ्क हेर्दा सक्रिय संक्रमित मध्य पुरुष एक सय ५९ जना पुरुष र एक सय ३३ जना रहेका छन्।

अस्पतालको आइसोलेसमा २४ जना र होम आइसोलेसनमा दुई सय ६८ जना संक्रमित छन्। हालसम्म भक्तपुरमा कूल नौ हजार दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लामै भक्तपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा कम छ। जहाँ अहिले २६ जना सक्रिय संक्रमित छन्। सबैभन्दा बढी संक्रमित भएको नगरपालिका सुर्यविनायक हो। जहाँ एक सय १३ जना कोरोना संक्रमित छन्। त्यस्तै चागुनारायणमा २९ र मध्यपुर थिमी नगरपालिकामा एक सय ११ जना कोरोना संक्रमित रहको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यलय तथ्यांकमा उल्लेख छ।

मंगलबारसम्म भक्तपुरमा कोरोना संक्रमितबाट एक सय २५ जनाको मृत्यु भइसकेका छन्। जसमा पुरुष ८१ जना र महिला ४४ जना थिए।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित होम आइसोलेसनमा भने विरामी संख्या शुन्य रहेको जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिंवाले बताए।

सबैभन्दा पहिला नेपाल सरकार अन्तर्गत सुरु गरिएको खरिपाटीको आइसोलेसनमा पनि १५ दिन देखि विरामी शुन्य भएको आइसोलेसनका सुचना अधिकृत सुवास सुवेदीले जानकारी गराए। अहिले डाक्टर र नर्स आ-आफ्नो डिउटीमा फर्किसकेको सुवेदी बताउँछन्। विरामी आएको खन्डमा पुन विरामीको सेवामा फर्किने उनी सुनाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय