पिजीतर्फको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले लिएको पोस्ट ग्राजुयसन (पिजी) नतिजा सार्वजनिक भएको छ।

गत शनिबार सम्पन्न पहिलो चरणको परीक्षा अन्तर्गत क्लिनिकल बिषयको नतिजा सार्वजनिक भएको हो।

पाँच हजार २ सय २९ जना परीक्षार्थी सहभागी भएकोमा खुलातर्फ २ हजार ४ सय ७० र अनुभव नभएकातर्फ १ सय ५७ जना उतिर्ण भएका छन्।

सरकारी कोटाका लागि २ सय २ र विदेशीतर्फ ४६ जना उतिर्ण भएको चिकित्सा शिक्षा आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए।
अरु विषयको क्रमश: नतिजा प्रकाशित हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय