नेपालमा नयाँ भाइरस भित्रिएको शंका, प्रमाणित गर्न हङकङ पठाइँदै

संयुक्त अधिराज्य (युके) मा फैलिएको नयाँ रूपको कोरोना भाइरस (भेरिएन्ट) नेपालमा भित्रिएको आशंका गरिएको छ।

बेलायतबाट आएका मानिसमा गरिएको परीक्षणमा कोरोना भाइरसकोभन्दा फरक प्रकृतिको भाइरस पाइएको छ। उनीहरूमा पाइएको नयाँ भाइरस नयाँ स्वरुपको कोरोना हो होइन प्रमाणित गर्नका लागि नमुना हङकङ पठाउन थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले बताए।

बेलायतबाट आएका तीनजनामा नयाँ भाइरस संक्रमित भएको हुनसक्ने अनुमान गरिएको छ।

‘उनीहरू तीनैजनामा पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो,’ डा. पाण्डेले भने, ‘जीन सिक्वेसिन्ङ गर्दा उनीहरूमा नयाँ भाइरसको संक्रमण भएको शंका गरिएको छ।’ उनीहरूको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

यो प्रजातीको भारइरस विश्वका ३७ वटाभन्दा बढी देशमा देखिसेकको छ।

पुस १ गते यता नेपाल आएका १ सय ५० भन्दा बढीको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

ती मध्ये ३ जनामा नयाँ कोरोना भाइरस हुनसक्ने शंका गरिएको छ।

पुरानो कोराना भाइरसको तुलनामा नयाँ खालको भाइरसको संक्रमण छिटो सर्ने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने अध्ययनले देखाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय