बाल मानसिक उपचारका लागि कान्तिले बनायो भनव

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २२ गते १३:१९

कान्ति बाल अस्पतालमा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्र भवनको उद्‌घाटन गरिएको छ।

अस्पतालको ५९औं वार्षिकोत्सवको अवसरमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठीले नवनिर्मित भवनको उद्‌घाटन गरेका हुन्।

अस्पताल परिसरमै निर्माण गरिएको भवनबाट नेपालमै पहिलो पटक बालबालिका तथा किशोरकिशोरीका लागि मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागिएको अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेले बताए। उनले नेपालमै यस्तो प्रकारको उपचामर सम्भव भएपछि धेरै किशोर किशोरी तथा बालबालिका लाभान्वित हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय