नयाँ प्रजातीको कोरोना नेपालको लागि भारी पर्छ : अनुप डा. बास्तोला

नेपालको लागि नयाँ प्रजातीको कोरोना संक्रमण खतरनाक हुने चेतावनी स्वास्थ्य विज्ञले दिएका छन्।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले जनस्वास्थ्यको मापदण्डलाई छोड्दै जाँदा नयाँ प्रजातिको संक्रमण नेपालको लागि खतरनाक साबित हुने बताए।

कोरोना भाइरसको पहिलो छालबाट तग्रिने अवस्थामा भएपनि पूर्ण रूपमा सुरक्षित नभएको उनी बताउँछन्।

‘अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं । कोरोना भाइरसको नयाँ प्रजाति र संभावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुन सक्छ, डा. बास्तोलाले भने।

महामारीको शुरुवाति दिनजस्तै स्वास्थ्यकर्र्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिमा रहने उनको अनुमान छ।

‘चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुका रूपमा लिनु मूर्खता हुन सक्छ । जबकि, कोरोनाको नयाँ प्रजाति छिमेकी भारतसहित ३७ देशमा पुगिसकेको छ,’ उनी भन्छन्, ‘अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसमा जोड दिन आवश्यक छ।’

कोभिड—१९ को पहिलो छालबाट तैरिनै लाग्दा, मापदण्ड नअपनाउने, रोकथामका उपायलाई बेवास्था गर्ने र जताततै खुला छाड्ने हो भने नयाँ प्रजातिसहितको दोस्रो छाल आएमा नेपालको खतरनाक हुने उनको तर्क छ।

संक्रमण ग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइनरआइसोलेसनबिना हामीले कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्न सकिने डा. बास्तोलाको सुझाव छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय