एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।

घोराही उपमहानगरपालिका–१० नारायणपुर सौडिकुलामा लमही अस्पतालको रा१झ १०२ नम्बरको एम्बुलेन्सले रा४प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घोराही–१० बस्ने ६८ वर्षीय टोपेन्द्र कुमार पोख्रेलको मृत्यु भएको हो।

घाइते पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

एम्बुलेन्स तुलसीपुरबाट घोराही आउँदै गरेको र स्कुटर घोराहीबाट नारायणपुर बजारतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। एम्बुलेन्स चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय