‘काठमाडौंको वायु अस्वस्थकर, काम विना बाहिर ननिस्कनू’

वायु प्रदुषण ज्यादै बढेको र स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै वातावरण विभागले बाहिर ननिस्किन अपिल गरेको छ।

विभागले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा वायु प्रदुषणको स्तर अत्यधिक बढेको भन्दै बिहान र बेलुकाको समयमा बाहिर ननिस्कन सुझाएको छ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता स्वासप्रस्वास सम्बन्धी बिरामी र मुटु रोगीहरू बढी प्रभावित हुनसक्ने विभागले जनाएको छ।

विभागका अनुसार उपत्यकाबाहेक तराई क्षेत्रका सहरहरू नेपालगन्ज, विराटनगरमा पनि वायु प्रदुषणको मात्रा उच्च भएको पाइएकाले तराई क्षेत्रका बासिन्दालाई पनि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

‘फोहोर बाल्दा र आगो बाल्दासमेत वायु प्रदुषण झनै बढ्ने भएकाले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ। वायु प्रदुषण मौसममा पनि भरपर्ने भएकाले मौसम यस्तै भइरहे केही समयसम्म प्रदुषण यस्तै रहन अथवा अझै खराब हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय