देशभर ५२२ संक्रमित थपिए, थप ८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा देशभर ५ सय २२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको कूल संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ।

सोही अवधिमा थप ५ सय ७८ जना संक्रमण मुक्त भएका छन्। योसँगै देशभर संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ।

आज थप ८ संक्रमितले ज्यान गुमाएका छन्। योसँग‍ै ज्यान गुमाउने कूल संक्रमित संख्या १ हजार ८ सय ९३ पुगेको छ। हाल देशभर ५ हजार २ सय २५ सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय