२५ दिनपछि पारस खड्काले जिते कोरोना

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २१ गते १३:०४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्। खड्काले आफू २५ दिनपछि सोमबार कैयौंपटकको पिसिआर परीक्षणपछि संक्रमणमुक्त भएको बताएका छन्।

उनले यसबीच आफ्नो स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण समर्थक, नातेदार, स्वास्थकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्। उनले कोरोनामुक्त भएपछि २०२१ का लागि तयार भएको भन्दै खुसी व्यक्त गरेका छन्। साथै सबैलाई महामारीबाट सुरक्षित रहनसमेत आग्रह गरेका छन्।

क्यानले बन्द प्रशिक्षण गरिरहँदा गरिएको परिक्षणमा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनले चितवनमा भएको गौतमबुद्ध कपमासमेत सहभागिता जनाउन पाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय