रौतहटमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

रौतहटमा नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

श्री नम्बर २८ बाहिनी अडा जीतपुर बाराबाट सेनानी नरबहादुर कार्कीको नेतृत्वमा २२ जना स्वास्थ्यकर्मीको टोलीले राजपुर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो। शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको छ।

नेपाली सेना, नेपाली जनतासँग, भन्ने नेपाली सेनाको मर्म अनुसार कोरोना भाइरसका कारण औषधि उपचार गराउन जान नपाएका, कोरोना र लकडाउनका कारण रोजगारी तथा आम्दानीको श्रोत गुमाएकाहरूलाई प्राथमिकतामा राखेर उपचार गरिएको सेनाले जनाएको छ।

नगरपालिकाको वडा नम्बर ९ वैरिया हेल्थपोष्टमा राखिएको स्वास्थ्य शिविरबाट १ सय ९ महिला, १ सय १ पुरुष र ३२ जना बालबालिकाको सेवा लिएको कार्कीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय