वर्षा र हिमपात हुने : स्वास्थ्य सावधानी अपनाउन आग्रह

पश्चिमी वायुका कारण देशका अधिकांश क्षेत्रमा भइरहेको हिउँदे वर्षा र हिमपात बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुले भित्र्याएको जलवाष्प र त्यसको प्रभावले आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात र तराई क्षेत्रमा वर्षा भइरहेको छ। सोमबार काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको थियो।

गत २४ घण्टामा सबैभन्दा बढी वर्षा जुम्लामा भएको छ। त्यहाँ २४.३ मिलिमिटर वर्षा भएको छ।

हुम्ला, मुगुलगायतका जिल्लामा बाक्लो हिमपात भएकाले त्यहाँको उडान प्रभावित भएको छ। रारा क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ।

आज देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही स्थान र बागमती तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने अनुमान छ।

बुधबार पनि यिनै क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाको छ। वर्षा र हिमपात भएसँगै देशैभर चिसो बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय