प्रचण्ड पत्नीलाई लागेको पिएसपी रोग के हो?

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ पुष २१ गते ७:५६

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका भारत गएका छन्।

सीताको उपचार मुम्बइस्थित ‘न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सिच्युट’ मा हुने छ।

नख्खुस्थित नेपाल मेडिसिट अस्पतालमा विगत तीन वर्ष देखि नै उपचाररत थिइन्, प्रचण्ड पत्नी सीता। उनी केही दिन अघि मात्र अस्पताल भर्ना भएकी थिइन्।

उनमा ‘प्रोग्रेसिभ सुप्रान्युक्यिर पाल्सी’ को समस्या भएको भनेर नेपालमै पत्ता लागेको थियो। त्यसपछि प्रचण्ड पत्नीको उपचारका लागि अमेरिका, सिंगापुर र भारतमा गइसकेका छन्।

प्रोग्रेसिभ सुप्रान्युक्यिर पाल्सी मस्तिष्कमा लाग्ने रोग हो।  न्यारोलोजिस्ट बाबुराम पोखरेलका अनुसार यो रोग लागेपछि दिमागको नशा सुक्दै जान्छ र विभिन्न खालका लक्षण देखा पर्न थाल्छ।  यो समयसँगै झन् बढ्दै जान्छ।

‘यो पार्किन्सन जस्तै खालको रोग हो। यो निको हुने खालको बिमारी होइन,’ उनले भने।  नशा सुक्दै जाने भएकाले मानिसको चाल कम हुँदै जाने, बोल्न गाह्रो हुने, दिसा कब्जित हुने, हात काँप्ने जस्तो हुन्छ। उस्तै खालका लक्षण देखिने भएकाले यसलाई पार्किन्सन प्लस सिन्ड्रोम पनि भनिन्छ।

सीताका सन्दर्भमा आफै अडिएर बस्न नसक्ने, हिँड्दा लड्न र ठोकिन सक्ने, स्मरणशक्तिमा ह्रास आउने जस्ता लक्षण देखिएका छन्।

यो रोगको लक्षणलाई रोक्ने उपचार मात्र छ भने, पूरै निको बनाउन सक्ने कुनै प्रविधि वा औषधि हालसम्म विश्वमा विकास नभएको उनी बताउँछन्।

पिएसपी विस्तारै गम्भीर भएर जान्छ र कति लामो समयसम्म विरामी बाँच्छ भन्न पनि नसकिने उनी बताउँछन्।

यो रोगले गर्दा निमोनिया, सुगर कम हुने, युरिन इन्फेक्सन गराउँछ।  लक्षणलाई नियन्त्रणमा राख्ने खालका उपचार बाहेक रोगलाई निर्मुल गर्न भने सकिन्न। यो रोग निको हुँदैन।

६० वर्ष नाघेका एक प्रतिशत व्यक्तिलाई पार्किन्सन देखिन्छ भने पिएसपी ज्यादै कमलाई देखिन्छ।

यही रोगको उपचारका लागि सीतालाई भारतको न्युरोजेन अस्पताल लगरिएको हो, जहाँ स्टेम सेलको थेरापी गरिन्छ।

सीतालाई तीन वर्षदेखि उपचार गर्दै आएका न्युरोलोजिष्ट पोखरेलले प्रचण्ड दपति स्टेम थेरापी वा प्रत्यारोणको सम्भावनालाई बुझ्न गएकाे हुनसक्ने बताए।

स्टेम सेल (स्टेम कोशिका) सबै कोशिकाको आमाका रुपमा लिइन्छ। यसबाट अन्य कोशिका पनि बन्ने गर्दछ। दिमागबाट यो कोशिका प्रत्यारोपण गर्न सके स्वास्थ्यमा सुधार आउँछ।

‘स्टेम सेल प्रत्यरोपण गरी दिमागलाई राम्रोसँग सञ्चालनमा ल्याउन सकिन्छ कि भनेर प्रचण्ड भारतमा गएका हुन्,’ उनले भने। उनका अनुसार नेपालमा यो प्रत्यारोपण सम्भव छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय