आच्छु! कस्तो चिसो

काठमाडौंमा सोमबार एकाबिहानै पानी पर्‍यो।

पुसमा बिहान-बेलुका काठमाडौंमा जाडो बढिरहेका बेला पानी परेपछि जनजीवन झन प्रभावित बनेको छ।

सोमबार काठमाडौंको आकाश धुम्म रह्यो। पारिलो घाम लाग्न नपाउँदा आममान्छे न्यानोको जोहो गरिरहेथे।

कतिपयले आगोलाई सहारा लिएको पाइयो।

पश्चिमी वायुमा विकसित न्यूनचापीय प्रणालीका कारण आइतबारदेखि नेपालमा प्रभाव परेको छ।

आइतबार पश्चिम नेपालका पहाडीसँगै केही तराईका भुभागमा पानी परेको थियो।

पश्चिमी वायुका कारण देशका अधिकांश क्षेत्रमा भइरहेको हिउँदे वर्षा र हिमपात बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुले भित्र्याएको जलवाष्प र त्यसको प्रभावले आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात र तराई क्षेत्रमा वर्षा भइरहेको छ।

सोमबार काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको थियो।

गत २४ घण्टामा सबैभन्दा बढी वर्षा जुम्लामा भएको छ। त्यहाँ २४.३ मिलिमिटर वर्षा भएको छ।

हुम्ला, मुगुलगायतका जिल्लामा बाक्लो हिमपात भएकाले त्यहाँको उडान प्रभावित भएको छ। रारा क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय