‘दश दिनपछि कोरोना सर्दैन, अनावश्यक परीक्षण नगरौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमण पुष्टि भएका र लक्षण वा चिन्ह नभएका व्यक्तिबाट १० दिनपछि संक्रमण नसर्ने जनाएको छ ।

तर, अधिकांश व्यक्तिले अनावश्यक रूपमा पिसिआर परीक्षण गर्दा स्रोतसाधन दुपयोग भएको मन्त्रालयले जनाएको छ।

सोमबार एक विज्ञप्ती जारी गर्दै कोभिड अस्पताल तथा प्रयोगशालालाई मन्त्रालयकाे काेराेना निर्देशिका  अनुसार परीक्षण गर्न अनुरोध गरेको हाे।

‘कतिपय व्यक्तिले अनावश्यक रूपमा परीक्षण गर्ने गराउने गरेको पाइएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आइसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना भएर लामो समय रहने र पटक-पटक परीक्षण गरिरहने, नतिजा नआन्जेल डिस्चार्जसमेत नहुने कार्यले  नकारात्मक असर परिरहेकाे छ।’

त्यसैगरी, संक्रमण पुष्टि भई स्वास्थ्य अवस्था बिग्रदै जाँदासमेत समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने र अस्पताल पुग्न ढिला हुँदा जोखिम निम्तिरहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय