बेइजिङमा ७३ हजारभन्दा बढीले लिए खोपको पहिलो डोज

चीनको राजधानी बेइजिङमा हजारौंलाई कोभिड-१९ विरुद्धको खोप लगाउन थालिएको छ।

दुई दिनमा ७३ हजार बढीले बेइजिङमा पहिलो डोज खोप लिएको त्यहाँको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।

चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिएको छ। यो खोपको प्रभावकारिता झन्डै ७९ प्रतिशत रहेको सिनोफार्मको दाबी छ।

चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ। जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्ति छन्।

बेलायतले क्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेका खोप साेमबारदेखि दिन थालेकाे छ। अस्ट्राजेनिकाको खोप स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो।

यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान सुरु गरिएको छ।

बेलायतले पहिलो चरणमा अस्ट्राजेनिकाको खोप ५ लाख ३० हजार डोज उपलब्ध गराउँदैछ। एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय